५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर



अ+ अ-

काठमाडौं । फरार सूचीमा रहेरका खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन्।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिनुभयो ।

अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै जाहेरी दिनु भएको थियो ।

अधिवक्ता गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा दायर गर्नुभएको थियो ।

बिहीबार सुनारको बयान सकिएपछि थुनछेक बहस हुनेछ। सुनार बर्तमान सरकारमा मन्त्रीका लागि सिफरिस हुनु भएको थियो । बिभिन्न बिषय जोडेर बिवाद भएपछि उहाँलाई मन्त्रीमण्डलमा समाबेश गरिएको थिएन ।