२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् मनकारी बस्नेत, जसले दिए कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब



अ+ अ-

भक्तपुर । सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा आज गर्नुभएको हो । उहाँले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।