१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीमा साेमबार पनि ६०० बढीकाे मृत्यु, काेराेनाबाट विश्वभर मृतककाे संख्या १६,००० नाघ्याे



अ+ अ-

चीनकाे हुबे प्रान्तबाट फैलिएकाे काेराेनाभाइरस अहिले युराेपका लागि टाउकाे दुखाइ भएकाे छ । खासगरी बृद्धबृद्धाकाे बढी जनसंख्या रहेकाे इटाली र स्पेनमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या घट्नुकाे साटाे अझ बढ्दैछ । विश्वभर काेराेनाभाइरसका कारण १६ हजार ९८ जनाकाे मृत्यु भएकाे छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार साेमबार एकै दिन इटालीमा ६०२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै इटालीमा मात्र मृतककाे संख्या ६ हजार ७८ पुगेकाे छ । संक्रमितकाे संख्या पनि करिब ६४ हजार पुगेकाे छ ।

युराेपकै अर्काे मुलुक स्पेनमा साेमबार ४३४ जनाकाे मृत्यु भएकाे छ, र यहाँ मृतककाे कूल संख्या २ हजार २०६ पुगेकाे छ । यहाँ करिब ३३ हजार मानिस संक्रमित छन् । युराेपकै फ्रान्समा ६७४ जना, बेलायतमा ३३५ जना, नेदरल्यान्डसमा २१३ जना, स्वीट्जरल्यान्डमा ११८ जना, जर्मनीमा ११६ जना, बेल्जियममा ८८ जनाकाे मृत्यु भइसकेकाे छ ।

युराेपका अरू सबैजसाे मुलुकमा काेराेनाबाट मानिसकाे मृत्यु हुनुका साथै संक्रमितकाे संख्या लगातार बढ्दै गएकाे तथ्याँक सार्वजनिक भएका छन् ।

अर्काेतर्फ इरानमा १ हजार ८१२ जनाकाे मृत्यु भएकाे छ भने अमेरिकामा ५०२ जना तथा क्यानडामा २१ जनाकाे मृत्यु भएकाे छ ।

चीनमा भने साेमबार अस्पतालमा उपचारारत ९ जना सहित कूल ३ हजार २७० जनाकाे मृत्यु भइसकेकाे छ ।