४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग

गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग
अ+ अ-

काठमाडौँ । छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट–गु्ह्येश्वरीले यस वर्ष छ सय छठघाट निर्माण गरेको थियो ।

छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा सास्ती भएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायलाई छठघाट बढाउन माग गरिएको पनि उहाँले बताउनुभयो ।

अर्को वर्ष कम्तीमा पनि सात सय छठघाट निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै उहाँले अधिकार सम्पन्न वाग्मती समितिको कार्यालयअघिको नदी किनारका दायाँबायाँ भागमा छठघाट थप गर्न सकिने धारणा राख्नुभयो ।

गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ छठका दिन (कात्तिक १० गते) बेलुकी पाँच लाख भक्तजन पुगेका समितिको अनुमान छ । यो तथ्याङ्क नेपाल टेलिकमको नेटवर्क सहजीकरण भ्यानका प्राविधिकले उपलब्ध गराएको विवरणका आधारमा भनिएको छठ व्यवस्थापनमा सक्रिय हुनुभएका निखिल विश्वासले उल्लेख गर्नुभयो ।

विसं २०६२ मा समिति दर्ता भएर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनाइएको थियो । समिति दर्ता भएका बेला वर्षमा ३० देखि ४० वटा मात्र छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुईदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेका अध्यक्ष सिंहले स्मरण गर्नुभयो ।

नेटवर्क सहजीकरण भ्यानले उक्त क्षेत्रमा चलेका मोबाइल नेटवर्कका आधारमा पाँच लाख बढी भक्तजन गुह्येश्वरी–गौरीघाट क्षेत्रमा पुगेका जानकारी दिएको हो । लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरेपनि त्यस अनुसारका पूर्वाधार नहुँदा भक्तजनलाई असहज भएको थियो ।

छठका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने बर्तालु धम्मावती कुशवाहले बताउनुभयो । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा, आराधना गरी अर्घ्य दिएर रातभर छठीमाताको आराधना गरेर जागरण बस्ने भक्तजनले शौचालय नपाएर छट्पटिने अवस्थाको अनुभव आफूले गरेको उहाँको भनाइ छ । लाखौँ भक्तजन उपस्थित हुने भएपछि कम्तीमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था गरिनुपर्ने अधिकांश भक्तजन माग छ ।

समितिले एउटा छठघाटको रु एक हजार ५०० लिएर भक्तजनलाई उपलब्ध गराउने गरेकामा केही भक्तजनले भने गुनासो गरेका छन् । पशुपति क्षेत्रमा हुने अन्य पर्वका भक्तजनसँग शुल्क नलिने गरिएकामा छठका बर्तालुसँग किन शुल्क लिइएको भन्ने गुनासो भक्तजनले गर्ने गरेका कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताउनुभयो । उहाँको अनुसार उक्त शुल्क समितिले उठाउने गरेको छ । कोषले प्रारम्भिक बैठक राखेर सरोकार भएका निकायबीच आवश्यक समन्वय मात्र गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“दुई हप्तापछि पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाइँदैछ । बाला चतुर्दशीलगायत अन्य पर्वमा आउने भक्तजनसँग कुनै शुल्क नलिन कोषले सार्वजनिक रूपमा आह्वान गर्दछ । तर छठ पर्वमा भने किन शुल्क लिइएको रु”, भक्तजन श्यामसुन्दर रायले प्रश्न गर्नुभयो । छठ पूजाको व्यवस्थापन पनि कोषले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समितिले ३५ वटा छठघाट निःशुल्क भक्तजनलाई दिइएको जनाएको छ । शुल्क तिर्न नसक्ने तर विधिपूर्वक छठीमाता, सूर्यदेव र वाग्मती नदीको पूजा आराधना गर्न चाहनेका लागि समितिले उक्त सेवा दिएको थियो । छठ व्रत गर्न चाहने तर पूजा सामग्री किन्न नसक्ने श्रद्धालु भक्तजनका लागि पूजा सामग्रीको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

छठ पूजामा बढ्दै पहाडीमूलका भक्तजन

सुरुआती वर्षमा गुह्येश्वरी गौरीघाटको छठ पूजामा एक प्रतिशत पनि पहाडीमूलका मानिस सहभागी नहुने अवस्था थियो । पहाडी समुदायको सहभागिता क्रमशः छठ पूजामा बढ्दै गएको हो । यस वर्ष २१ प्रतिशत पहाडी मूलका मानिसले छठघाट दर्ता ९आफ्ना लागि स्थान सुरक्षित गर्नु० गरेर विधिपूर्वक पूजा आराधना गरेका थिए ।

बीस वर्ष अघिसम्म गौरीघाट–गुह्येश्वरी क्षेत्रमा छठ मनाउने मानिस फाट्टफुट्टमात्र हुने गरेको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले स्मरण गर्नुभयो । छठको चारदिने अवधिमा नदीमा मानिसले सफा गरेझै ३६५ दिन सरसफाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई कुनै पर्व विशेषमा मात्र नभई सधैँ सफा राखिनुपर्ने भक्तजनको पनि माग छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि विशेष रुपमा सजाइने गरिएको छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बन्ने गर्दछ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको थियो । यी स्थानमा छठघाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरेर सजाइएको थियो ।

लाखौँ भक्तजन उपस्थित हुने मेलाका लागि निजी क्षेत्रको सेक्युरिटी कम्पनीसहित नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई पनि गुह्येश्वरी गौरीघाट क्षेत्रमा खटाइएको थियो । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहिआएको छ ।

छठ पर्वमा पहाडी समुदायमात्र होइन मुस्लिम समुदायको पनि उत्तिकै सहभागिता रहने गरेको छ । यसले धार्मिक सद्भाव पनि बढाएको छ । कति मुस्लिम समुदाय त छठ घाटमै पुगेर विधिपूर्वक व्रत गर्ने गरेका छन् ।