४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अनलाइन टिभीकर्मीसँग सञ्चारमन्त्री खरेलले भने– सामाजिक सञ्जाल कहिल्यै बन्द हुँदैन

अनलाइन टिभीकर्मीसँग सञ्चारमन्त्री खरेलले भने– सामाजिक सञ्जाल कहिल्यै बन्द हुँदैन
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरुसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उहाँले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार जनताको आवाज सुन्ने, देखिने र महशुस हुने हुनुपर्ने उल्लेख गर्दै सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको पनि बताउनु भयो । मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुदैन र बन्द गरिदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु । नयाँ मुलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु कहिले पनि बन्द हुनु हुँदैन । बन्द गरिने छैन । कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु । दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार बनाउनुपर्छ । सञ्चारमन्त्रीको रुपमा मेरो प्राथमिकता पनि यही नै हो । तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन । सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महशुस पनि हुनुपर्छ । त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महसुश हुन्छ पनि । अनलाइन पत्रकारहरुको तालिमका लागि पनि आवश्यक पहल गर्छु । डिजिटल मिडियासँग सम्बन्धीत संस्थाहरुले संस्थागत रुपमा आउनुभयो भने मन्त्रालय त्यसका लागि पनि तयार छ । अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रियाको विषयले मलाई पनि पीडा महसुश भइरहेको छ । त्यसकारण मैले पहिलो क्याबिनेटबाटै दर्ता प्रक्रिया सूचना विभागबाट हुने निर्णय गराएँ ।’

उहाँले अनलाइन लगायतका सञ्चारमाध्यमहरुको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि उल्लेख गर्नुभयो ।