२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट मृत्यु हुने १० पुगे, करिब ५०० संक्रमित



अ+ अ-

काठमाडौँ । भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको समाचार आएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच प्राप्त पछिल्लो समाचारमा भारतमा ५ सय ११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४१ जना विदेशी र अरु सबै भारतीय नागरिक रहेका बताइएको छ ।

यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँका ३७ जना विरमी भने निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।