२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित युवतीसँग जहाजमा आएका काभ्रेका दुई युवा पनि सम्पर्कमा



अ+ अ-


काभ्रे । फ्रान्सबाट कतार हुदै नेपाल आएकी कोराना भाइरस पुष्टि भएकी किशोरीसँगै विमानमा नेपाल आएका काभ्रेका दुई जना युवा मंगलबार सम्पर्कमा आएका छन् । बनेपा नगरपालिका–२ नालाका एक युवाले आफू पनि सोही विमानमा रहेको भनी उपचार गराउन अस्पताल पुगेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन् ।


त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ ।
उनीहरु दुवै जनाको धुलिखेल अस्पतालमा स्वास्थ्य जाँच भएको छ । त्यसपछि उनलाई घरमै सेल्फ क्वरेन्टाइन मा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन् ।
फ्रान्सबाट कतारको कतारको दोहा हुँदै यही चैत्र ४ गते नेपाल आएकी एक १९ वर्षीय किशोरीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।