२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

स्रष्टाले सम्झिए महाकवि देवकोटालाई

स्रष्टाले सम्झिए महाकवि देवकोटालाई
अ अ+ अ-

गण्डकी ।

‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानी
कल्पेर देवकोटा फुर्दै छ रे बिहानी’

मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो–

‘साहित्यको विरासत बोकेर माथि ल्यायौँ
पदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’

सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे ।

स्रष्टा कोपिला कँडेलले महाकविलाई सम्बोधन गर्दै कविता सुनाउनुभयो–

‘देवकोटा म कस्तो कविता लेखुँ,
शान्तिको कविता लेखुँ कि, क्रान्तिको कविता लेखुँ
कवितामा गाउँ, समाज र देशका कविता समेटुँकी
मनभित्रका पीडा र दर्दका कविता समेँटु’

विद्यामन्दिर पुस्तकालयले देवकोटा जयन्तीका अवसरमा यहाँका कवि, लेखकलाई एकैठाउँ जुटाएको थियो । स्रष्टा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले ‘नेपाल आमा रोइरहेकी छिन्’ शीर्षकको कविता पाठ गर्नुभयो । उहाँको कवितामा देशप्रेमको भाव झल्कन्थ्यो । देशले अहिले बाँचिरहेको समय कवितामा प्रस्फुटित थियो ।

‘देश रोइरहेको छ
म पनि रोइरहेको छु
सायद हजुरको मन पनि रोइरहेको छ
मेरी प्यारी जननी
हाम्री नेपाल आमा
पटकपटक बलात्कृत भइरहेकी छिन्
कहिले आफ्नै सन्तानहरुबाट
कहिले छिमेकी सैतानहरूबाट’

‘समाजसेवी’ शीर्षकको कवितामार्फत स्रष्टा सञ्जयश्याम राजभण्डारीले समाजका भ्रष्ट र अनैतिक पात्रविरुद्ध कटाक्ष गर्नुभयो । उहाँको कविताले भन्छ(

‘एउटा हुल म्याँ गरे पनि ताली बजाउँछ
भ्याँ गरे पनि ताली बजाउँछ
हुयाँ गरे पनि ताली बजाउँछ
च्याँ गरे पनि ताली बजाउँछ
मालिक जो ब्रिफकेसमा नोटको भारी बोक्छ
ताली बजाउनेलाई नोटको बिटो बाँड्छ
समाजसेवाको बिगुल फुक्छ
हो, ऊ समाजसेवी हो
चर्चा उसकै छ, परिचय उसकै छ,
ताली उसकै छ, जयजयकार उसकै छ
सबैथोक उसकै छ, किनकी ब्रिफकेस र सुटकेसभरी नोट उसकै छ’

व्यङ्गमिश्रित कविताका माध्यमबाट स्रष्टा राजभण्डारीले राजनीतिज्ञ र समाजसेवीका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हान्नुभएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए ।

प्रतियोगितात्मक काव्य गोष्ठीमा स्रष्टा रामचन्द्र शर्माद्वारा प्रस्तुत गजल प्रथम भयो । सञ्जयश्याम राजभण्डारीको कविताले द्वितिय स्थान र कोपिला कँडेलको कविताले तेस्रो स्थान हासिल गर्‍यो । काव्य गोष्ठीमा स्रष्टा युक्तप्रसाद सुवेदी, गोविन्द सुवेदी, गुणराज पौडेल ‘गुराँस’, धनराज सापकोटा ‘जिज्ञासु’लगायतले सिर्जना प्रस्तुत गरेका थिए ।

देवकोटा जयन्तीका प्रमुख अतिथि कवि एवं विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकवि देवकोटालाई नेपाली साहित्यका बहुआयमिक प्रतिभाका रूपमा स्मरण गर्नुभयो । “कम उमेर बाँचेर पनि देवकोटाले नेपाली साहित्यलाई अमूल्य योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “मूल रूपमा साहित्य सिर्जनामा लागेपनि राजनीति र पत्रकारितामा पनि उहाँको योगदान रहेको छ ।”

पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरुदेखि देवकोटाको जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताउनुभयो । रासस