२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना संक्रमित संख्या चीनको भन्दा दोब्बर



अ+ अ-

काठमाडौं । चीनको भन्दा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो ।

पहिलो पटक कोरोनाको संक्रमण देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

यस्तै चीनमा सोमबार ४८ नयाँ संक्रमित देखिएका छन् । यी सबै मानिस विदेशबाट फर्किएका मानिस हुन् । हुबेई प्रान्तमा कोरो भाइरसको कारण एक व्यक्तिको ज्यान गएको छ ।