२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग



अ+ अ-


काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्नका लागि भन्दै नेपाल सरकारले हालै स्थापना गरेको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएका छन् । उनले सो कुराको जानकारी मंगलबार साँझ गराएका हुन् । मंगलबार सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले हिमानी कोषमार्फत् नेपाल सरकारले स्थापना गरेको कोषमा २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

Hop in for a free ride with

विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई दुई करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं- सो सन्देशमा भनिएको छ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपिल गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने समेत उनले बताएका छन् ।