काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाईटेडलाई २–१ गोलले हराएको हो ।
घरेलु टोलिको जितमा दुबै गोल डानी वेलवेकले गरे । उनले खेलको ४१ औं र ८४ औं मिनेटमा गोल गरेका हुन् । यता न्युक्यासलका निक वोल्टमेडले एक गोल फर्काए । जितसँगै ब्राइटन ८ खेलबाट १२ अंकसहित तालिकाको नवौं स्थानमा छ । न्युक्यासल ९ अंकका साथ १२ औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस र बर्नमाउथले बराबरी खेल्दै अंक बाँडे । प्यालेसको घरेलु मैदानमा ३–३ गोलको बराबरी भएको हो ।
पहिलो हाफमा एलि जुनियर क्रोपीले ७ औं र ३८ औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई २–० गोलले अघि बढाए । यता, ६४ औं र ६९ औं मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै प्यालेसलाई २–२ को बराबरीमा ल्याए ।
८९ औं मिनेटमा र्यान क्रिस्टीले गोल गर्दै बर्नमाउथलाई ३–२ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा प्यालेसले पेनाल्टी पायो । मटेटाले गोल गर्दै टोलिको हारमात्र टारेनन्, ह्याट्रिक समेत पूरा गरे ।
यो नतिजापछि बर्नमाउथ ८ खेलबाट १५ अंकका साथ तालिकाको चौँथो स्थानमा छ भने प्यालेस १४ अंकका साथ आठौं मिनेटमा छ ।










