२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना भाइरसकाे संक्रमणबाट विश्वभर ४१,००० बढीकाे मृत्यु



अ+ अ-

काेराेनाभाइरसकाे महामारीबाट मानिसकाे मृत्यु हुनेक्रम थामिएकाे छैन, खासगरी अहिले युराेप र अमेरिकामा यस राेगले ठूलै मानवीय संकट उत्पन्न गराएकाे छ ।

जाेन हप्किन्स विश्वविद्यालयकाे पछिल्लाे विवरण अनुसार विश्वभर काेराेनाकाे संक्रमणबाट ४१ हजार २३७ जनाकाे ज्यान गएकाे छ । यस महामारीबाट पछिल्लाे २४ घन्टामा ३ हजार ४६९ जनाकाे मृत्यु भएकाे छ, र यसबाट सबैभन्दा बढी इटाली र स्पेन ठूलाे संकटमा फँसेका छन् ।

इटालीमा पनि २४ घन्टाकाे अवधिमा ८३७ जना र स्पेनमा ५५३ जनाकाे मृत्यु भएकाे छ । समग्रमा इटालीमा हालसम्म १२ हजार ४२८ जना र स्पेनमा ८ हजार २६९ जनाकाे ज्यान गइसकेकाे छ । यी मृत्यु भएका व्यक्तिहरूमा खासगरी वृद्ध उमेरका र विभिन्न राेगबाट ग्रस्तहरू रहेका छन् ।

यसैगरी काेराेनाबाट संयुक्त राज्य अमेरिकामा ३ हजार ४२४ जना, चीनमा ३ हजार ३०५ जना, फ्रान्समा ३ हजार ५२३ जना, इरानमा २ हजार ८९८ जना, बेलायतमा १ हजार ७८९ जना तथा नेदरल्यान्ड्समा १ हजार ९३ जनाकाे मृत्यु भएकाे छ ।

विश्वभरकाे संक्षिप्त झलकः


मितिः २०७६ चैत १८ गते राति ११ः३१ बजे (नेपाली समयानुसार) अपडेट गरिएकाे ।