२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव : अब दुई जनाभन्दा बढी भेटघाट गर्न नपाइने



अ+ अ-

कास्की । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए ।

ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिए।

रुपा गाउँपालिका बाहिरबाट आएका खण्डमा स्वास्थ्यकर्मीको निगरानी र निर्देशनमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र थप अवस्था देखिएमा गाउँपालिकाको निर्देशनअनुसार बस्नुपर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको छ । गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य र अन्य समस्या समाधानका लागि वडा कार्यालयमार्फत गाउँपालिकाले गर्नेछ ।

हाल २५ शय्याको क्वारेन्टाइन गाउँपालिकाले आफ्नै खर्चमा निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा १४ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा २२ जना रहेका थिए भने एक जनाको मृत्यु भएको थियो । मृत्यु हुने व्यक्तिमा कोरोनाको संक्रमण नभएको टेकु अस्पतालको रिपोर्टले पुष्टि गरेको थियो ।