२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटलीमा कोरोना दिनप्रति दिन भयावह बन्दै, ६६ डाक्टरको मृत्यु, ८ हजार बढी संक्रमित



अ+ अ-

काठमाडौं । विश्वभर माहामारी भाइरसको रुपमा फैलिएको कोरोनाले इटलीमा १२ हजार ४ सय २८ को ज्यान लगेको छ । कूल १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ जसमध्ये ४ हजार २३ जनाको स्थिती नाजुक छ ।

इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला नरोकिदा दिनप्रति दिन भयावह हुँदैछ । अझ, कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गइरहेको छ ।

इटलीको स्वास्थ्य एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । केही दिनअघि यो आँकडा ४३ बताइएको थियो । यहाँ कूल ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।