२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटलीमा कोरोना दिनप्रति दिन भयावह बन्दै, ६६ डाक्टरको मृत्यु, ८ हजार बढी संक्रमित



अ+ अ-

काठमाडौं । विश्वभर माहामारी भाइरसको रुपमा फैलिएको कोरोनाले इटलीमा १२ हजार ४ सय २८ को ज्यान लगेको छ । कूल १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ जसमध्ये ४ हजार २३ जनाको स्थिती नाजुक छ ।

इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला नरोकिदा दिनप्रति दिन भयावह हुँदैछ । अझ, कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गइरहेको छ ।

इटलीको स्वास्थ्य एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । केही दिनअघि यो आँकडा ४३ बताइएको थियो । यहाँ कूल ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।