२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइस मुलुकबाट आएका ५६९ क्वारेन्टाइनमा



अ+ अ-

भद्रपुर । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन् ।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ झापा आएका छन् । साउदी अरब र अस्टेलियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन् ।

बाल गृहमा खाद्यान्न अभाव

झापाको मेचीनगर–७ पुरानो भन्सारमा रहेको जागृति बाल उद्धार केन्द्रमा अत्यावश्यक खाद्यान्नको अभाव भएको छ । बाल गृहमा १४ जना बालवालिकाले आश्रय लिएका छन् । लकडाउनका कारण दाल, चामल लगायत अत्यावश्यक खाद्यान्न सकिएको सञ्चालक समितिका अध्यक्ष अर्जुन देबकोटाले बताउनुभयो ।

चामलको ‘स्टक’ रित्तिएर आजै बेलुका आश्रित बालवालिकालाई पकाएर खुवाउने अन्न नभएको जनाउँदै उहाँले दाताहरुबाट तत्काल सहयोगको याचना गरिएको बताउनुभयो । सात वर्षदेखि सञ्चालित सो बालगृहमा रहेका ६ वर्षदेखि १८ वर्षसम्मका असहाय बालवालिकाले बालगृहमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।

बुद्धशान्ति र विर्तामोडमा राहत कोष

झापाको बुद्धशान्ति गाउँपालिकाले कोराना भाइरसविरुद्ध उच्च सतर्कताका लागि रु ३७ लाख ५० हजार र विपन्नलाई राहतका लागि रु १० लाखको बजेट छुट्याएको छ । विगत १५ दिनमा विदेशबाट आएका ९१ जनालाई होम क्वारेन्टाइनमा छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखेर पिपिईसहित स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गरिरहेको पालिकाका अध्यक्ष रमेश भूजेलले बताउनुभयो ।

विर्तामोड नगरपालिकाले रु ५० लाखको आकस्मिक राहत कोष स्थापना गरेको छ । सो कोषमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायतले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । कोषबाट क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न र नगरभित्रका विपन्न समुदायलाई राहतका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।