२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी फैलिए उपचारमा संलग्न चिकित्सकलाई राम्रो होटलमा राखिने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोविड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राख्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा खाने र बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

उनले भने ‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौँ ’ उनले भने ‘भोली यदी महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ ।’

सरकारले यसअघि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उपचारमा संलग्न हुनेको निःशुल्क बीमा थप भत्ता लगायतका सुविधा दिने निर्णय गरसिकेको छ ।