२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः पछि हट्यो सरकार, विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द



अ+ अ-

काठमाडौं । अन्ततः विवादास्पद स्वास्थ्य उपकरण खरिद गर्न सरकारले गरेको सम्झौता रद्द भएको छ ।

ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो । महानिर्देशक महेन्द्र श्रेष्ठले आज सो बारेमा जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याएको थियो । तर त्यस सामग्री खरिदका विषयमा नेपालमा व्यापक मात्रामा विरोध भएको थियो । सो विरोधपछि सरकार उक्त कम्पनीसँगको खरिद सम्झौता नै रद्द गर्ने निर्णयमा पुगेको बताइएको छ ।

उक्त सम्झौता बिना प्रतिस्पर्धा तथा बजार मूल्यभन्दा पनि निकै नै महंगोमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै स्वास्थ्यमन्त्री र सरकारको नै आलोचना भएको थियो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।