२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचार गराइरहेकी अंशुको सुझाव छ : आत्मबल बढाउनुस, राम्रोमात्र सोच्नुस



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको उपचार गराएरहेकी संक्रमित युवतीले यस्तो समयमा आफूलाई सबैको हौसलाले काम गर्ने अनुभव सुनाएकि छिन् । अंशु सापकोटा बागलुंग बजारको जिल्ला अस्पतालमा उपचारत छिन् । उनी नेपालको पाँचौ कोरोना संक्रमित युवती हुन् ।

बेल्जियमबाट नेपाल आएकि उनी पनि चैत ४ गते नै कतार एयरवेजको विमानमा नेपाल आएकि अर्की युवतीसँगै आएकि थिइन् । फ्रान्सबाट आएकि ती युवतीलाइ कोरोना पोजेटिभ देखिएपछि उनले पनि उपचार गराएकि हुन् । त्यसपछि उनको पनि पोजेटिभ देखिएको थियो । बेल्जियमबाट आएकि उनलाई कुनै स्वास्थ्य समस्या भने छैन । सोही दिन सोही विमानमा फ्रान्साबट आएकि अर्की युवतीको पोजेटिभ देखिएको समाचारपछि उनले पनि आफू केही समस्या नभए पनि घरैमा एकान्तबासमै बसेको बताइन् ।

उनले आफूमा आत्मबल भएपछि केही नहुने अनुभव आफूले गरेको बताइ्न् । अहिले आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको पनि उनले बताइन् । उनले आफ्नो घरमै आएर चिकित्सकले स्वाब लिएका र पोजेटिभ रिपोर्ट आएपछि अस्पताल आएको तर घरैमा बसेको भए पनि आफूलाई केही नहुने पनि उनले बताइन् । उनले आफूलाई मन्दिर गएको, गाउँमा डुलेको भनी आएका प्रतिक्रियाबाट आफूलाई चित्त दुखेको बताइन् । यस्तो बेलामा सकारात्मक खबर दिएमा मात्र विरामीको हौसला बढ्ने उनले सुनाइन् ।

चिकित्सक र नर्सले राम्रोसँग हेरेको,तातो पानी र औषधि समय समयमा दिएको उनले बताइन् । आफूले इन्टरनेटको सहायताले फिल्म हेर्ने गरेको र साथीहरुसँग फोन, म्यासेन्जरमा कुराकानी गरेर समय बिताउने गरेको अनुभव पनि सुनाइन् । उनले सबैलाई राम्रो तथा सकारात्मक मात्र सोच्न, कुनै पनि रोगका विरुद्धमा आत्मबल बढाउन पनि सुझाव दिइन् । साथै तातो पानी खान र स्वास्थ्य अवस्थाको ख्याल गर्न पनि उनले सुझाव दिएकि छिन् । यस्तो बेलामा राम्रो मात्र सोच्नु पर्ने र राम्रो कुरामात्र गर्नुपर्ने उनले बताइन् ।