२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएसंगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।