१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही हुन्छ, भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही हुन्छ, भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताउनुभएको छ ।

आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । फागुन २१ मा चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो । उहाँले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताउनु भयो ।

६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरु छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा यो ५÷६ महिनाको अवधिमा जनतालाई अनुभुत गराउने गरेर काम शुरु भयो, अगाडि बढयो, काम देखियो भन्ने हिसावले त्यसको शुरुवात गर्ने हो । फेरि मैले यो पटक पटक भनेको छु–यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै । हामीसँग त यतिवटा काण्डहरु छन् कि कतिपय काण्डहरु २ महिना लाग्छ, ३ महिना लाग्छ । एक वर्ष लाग्छ । २ वर्ष लाग्नसक्छ । तर ६ महिना भित्र कम्तिमा महशुस हुनेगरी कामहरु अगाडि बढाउने हो । र, तेस्रो कुरा भनेको जुन जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ । पूर्वाधारहरुको क्षति भएको छ । पत्रकारहरु नै घाइते भएका छन् । सञ्चार माध्यामको कुरा गर्दा खण्डहरु जस्तो देखिएको छ । देशभर अरु धेरै क्षति भएको छ । त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ ।’

मन्त्री खरेलले जेन—जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनको क्रममा सञ्चार संस्था तथा पत्रकारहरुले भोग्नुपरेको पीडाबारे मन्त्री खरेलको ध्यानाकर्षण गराउनु भएको थियो ।