३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ जना जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन



तस्बिर : टाइम्स अफ इजरायल
अ+ अ-

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ ।

टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले सार्वजनिक गरेको २२ जना जीवितको सूचीमा विपिन पनि परेका छन् ।
यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो ।

हमासले बन्धक बनाएका २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन् । मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि छ ।

शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ । इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी रहेको सूची सार्वजनिक भएपछि परिवारमा आशा पलाएको छ ।

कञ्चनपुरका जोशी आक्रमणअघि एक महिना नेपालबाट इजरायल पुगेका थिए । उनी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन् । गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका थिए । १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो ।

विपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ–दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपश्र्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ–चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन् ।