८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

ऊर्जामन्त्रीसित भन्सार छुटदेखि आरसीओडी म्याद थपसम्मका माग

ऊर्जामन्त्रीसित भन्सार छुटदेखि आरसीओडी म्याद थपसम्मका माग
फाइल फोटो
अ+ अ-

काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग बुधबार साँझ भेट गर्दै इप्पानका प्रतितिनधिले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुनःनिर्माणका लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयद्धारा आज जारी विज्ञप्तिअनुसार भेटमा ऊर्जामन्त्री घिसिङले बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताउनुभएको थियो । उहाँले वनसँग सम्बन्धित ऊर्जा आयोजनाका समस्या समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराउनुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले विसं २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११, १२ र २०८२ को असार/साउन तथा हालैको बाढीबाट क्षतिग्रस्त आयोजना सबैलाई मध्येनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुर्नतालिकीकरण, लामो अवधिको फाइनान्सिङ र भन्सार महसुलमा छुटलगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने माग राख्नुभयो ।

यही असोज १७ देखि १९ गतेसम्म आएको वर्षाका कारण सञ्चालनमा रहेका २० जलविद्युत् आयोजना प्रभावित भएकामा १३५ मेगावाटका १७ वटा जलविद्युत् आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका तीन आयोजना आंशिक प्रभावित भएका छन् । त्यसैगरी निर्माणाधीन ५२० मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

यस्ता छन् इप्पानले ऊर्जामन्त्रीसामु राखेका माग

बाढी प्रभावित आयोजनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आवश्यक मेसिनरी उपकरण एक प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने इप्पान माग रहेको छ । बाढीबाट क्षतिपुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद तीन वर्ष र अनुमतिपत्रको अवधि पाँच वर्ष थप गर्नुपर्ने, बाढी प्रभावित आयोजनाको कर्जा पुर्नतालिकीकरण र पुनरकर्जाको व्यवस्था गर्नुपर्ने पनि इप्पानले माग राखेको छ ।

यसैगरी इप्पानले बाढी प्रभावित आयोजनाको रोकिएको आइपीओ र हकप्रद शेयर छिटो निष्कासनको व्यवस्था गर्नुपर्ने, प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत् आयोजनालाई सङ्कटग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने माग मन्त्री घिसिङसामु राखेका छन् ।

बाढी प्रभावित आयोजनालाई लामो अवधिको फाइनान्सिङ व्यवस्था गर्नुपर्ने र  आर्थिक वर्ष २०८२/८३–२०८४/८५ भित्र विद्युत् उत्पादन नगरे स्वतः ‘टेक एण्ड पे पीपीए’मा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने लगायतका इप्पानका सात माग रहेका छन् ।