२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति संगिता भण्डारीसहित १३ जनामाथि भ्रष्टाचारको आरोपपत्र दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति संगिता भण्डारीसहित १३ जनामाथि भ्रष्टाचारको आरोपपत्र दायर
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी, तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध गैरकानूनी लाभ लिन तथा संस्थालाई हानि पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार प्रतिष्ठानले Magnetic Resonance Imaging (MRI) System खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बदनियतपूर्वक प्रक्रिया अघि बढाएको पाइएको छ। प्रतिष्ठानले MRI मेसिन खरिदका लागि Supply, Delivery and Installation of MRI System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गर्दा खरिद गुरुयोजना नबनाई बजेट माग गरी मन्त्रालयसँग पत्राचार गरेको, निश्चित कम्पनीसँग मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरेको, र बोलपत्रमा अन्तर्राष्ट्रियस्तरका कागजात प्रयोग गरी अनियमितता गरेको अनुसन्धानले देखाएको छ।

त्यस्तै, बोलपत्र खोल्नु अघि नै एक कम्पनीको प्रस्तावअनुसार स्पेसिफिकेशन संशोधन गरिएको, लागत अनुमान समेत संशोधन नगरी प्रक्रिया अघि बढाइएको, र कानूनी प्रावधान विपरीत स्वीकृत स्पेसिफिकेशनमा फेरबदल गरिएको पाइएको अख्तियारले जनाएको छ।

प्राविधिक मूल्याङ्कनका क्रममा पनि बदनियत देखिएको अख्तियारले उल्लेख गरेको छ। MRI मेसिनको CPU clock-pulse rate ४.० GHz हुनुपर्ने उल्लेख भए पनि २.१ GHz मात्र क्षमताको प्रस्तावलाई Minor Deviation भन्दै स्वीकार गरिएको, जसका कारण कार्यक्षमता ९०.४७ प्रतिशतले घट्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।

उक्त गलत मूल्याङ्कनलाई आधार मानेर Lumbini Healthcare Pvt. Ltd. को प्रस्ताव रु. ११ करोड ४५ लाखलाई न्यूनतम दर भन्दै स्वीकृत गरिएको र आशयपत्र प्रकाशन गरिएको पाइएको हो।

अख्तियारले यसरी सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याई गैरकानूनी लाभ लिने कार्यमा संलग्न सबै १३ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीका लागि आरोपपत्र दायर गरेको जनाएको छ।