१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

विघटित संसद पुनःस्थापनाको माग जनताको परिवर्तन चाहना विपरीतः प्रवक्ता श्रेष्ठ

विघटित संसद पुनःस्थापनाको माग जनताको परिवर्तन चाहना विपरीतः प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले पुनः विघटित संसद पुनःस्थापनाको माग जनताको परिवर्तन चाहना विपरीत रहेको बताएका छन् ।

उनले हालको राजनीतिक परिस्थितिमा संसद पुनःस्थापना माग्नु जेनजी आन्दोलनको भावनाको अपमान हुने टिप्पणी गरेका छन् ।

श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, “फेरि पनि कुनै कोणबाट विघटित संसदको पुनःस्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागुन् ।”

उनले राष्ट्रिय मेलमिलापको नयाँ अध्याय प्रारम्भ गर्न सबै दल र शक्तिहरूलाई आह्वान गरेका छन् । पटक–पटक एउटै परीक्षणबाट फरक परिणाम आउने अपेक्षा गर्नुभन्दा देशको हितका लागि घरेलु शक्तिहरूबीच सहमति र समझदारी जरुरी रहेको उनको भनाई छ ।

उनले भनेका छन्, “ढिलो चाँडो निर्वाचनमा जानु नै छ, त्यसअघि नै नवीन समझदारी सुनिश्चित गरौं। दलभित्र र दल बाहिर नवीन समझदारीको बहस प्रारम्भ गरौं— देशले खोजेको अग्रगमन यही हो ।”