काठमाडौं। आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे ।
उनले ३३ बलमा ५६ रन जोडे । यस्तै, कुशल मल्ल २० बलमा ३८ रन बनाएर अविजित रहँदा दीपेन्द्रसिंह ऐरी पनि २१ बलमा ३८ रन बनाएर आउट भए ।
सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए भने आरिफ शेखले ९ बलमा १३ रन बनाए।
बलिङमा कतारका शारिक मुनिर र इक्रामुल्लाहले २-२ विकेट लिए।









