१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

इलामका पहिरो प्रभावितलाई राहत प्याकेजका लागि सुहाङको ध्यानाकर्षण

इलामका पहिरो प्रभावितलाई राहत प्याकेजका लागि सुहाङको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाममा भएको विपदबाट पीडित परिवारप्रति समवेदना प्रकट गर्दै राहत–उद्धारका कामलाई तीव्र बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहेको बताएका छन् ।

इलाम–२ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनःस्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराएका हुन् ।

गत केही दिनदेखि आएको भारी वर्षाले देशभर ५० भन्दा बढी र इलाममा मात्रै ३७ जनाको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । घर ध्वस्त, सडक भत्किएको, विद्युत् आपूर्ति र सञ्चार अवरुद्ध भएपछि जिल्लावासी थप कठिनाइमा परेको उनले बताएका छन् ।

भेटबारे जानकारी दिँदै उनले भनेका छन्, ‘इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ ।’

उनले मन्त्रालय र प्राधिकरणसँगको छलफलका भएको ४ विषयसहित मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रूपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने (पालिकाबाट व्यवस्थापन गरिने)बारे पनि छलफल भएको बताएका छन् ।

नेम्वाङले नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय प्रशासन र समुदायलाई निरन्तर उद्धार कार्यमा खटिएकामा धन्यवाद ज्ञापन गरेका छन् । उनले विशेष गरी गृहसचिव, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गृह तथा भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई तत्कालीन सहयोग र उद्धार पहलका लागि आभार व्यक्त गरेका छन् ।

भविष्यमा यस्ता विपद दोहोरिन नदिन भूगर्भ परीक्षण, दिगो व्यवस्थापन र एकीकृत बस्ती निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता नेम्वाङले जोड दिए।

“मानवता नै सबैभन्दा ठूलो धर्म हो,” भन्दै उनले सबै नेपालीलाई सक्दो सहयोग गर्ने, प्रभावित परिवारलाई सहानुभूति र संवेदनशीलता देखाउन अपिल गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह पनि गरेका छन् ।

//