२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा



अ+ अ-

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर एक धारा’ निर्माण काम अन्तिम चरणमा पुगेको छ । स्थानीयलाई स्वच्छ पानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको हो ।

वडाबाट निर्माण तथा मर्मत गरिएका योजनाहरुमार्फत धारा जडान भएपछि स्थानीयले घण्टौँ समय खर्चेर पानी जोहो गर्नुपर्ने समस्या अन्त्य भएको छ । वडाले करिब रु १५ लाख बजेट विनियोजन गरेर यहाँ पुराना मुहानको मर्मतसँगै नयाँहरु योजना सञ्चालन गरेपछि स्थानीय सहज रुपमा पानीको पहुँचमा जोडिएका छन् ।

खोक्सिक क्षेत्रमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भइरहेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । धेरै वटा पुराना पानी ट्याङ्की मर्मत कार्यसमेत सम्पन्न भएकाले दशकौँदेखिको पानीको समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ निर्माण भएका खानेपानी योजनाहरु ३०/३२ वर्ष पुराना भएकाले विभिन्न समस्या देखिएपछि स्थानीयलाई सहज रुपमा पानी वितरणका लागि संरक्षणको काम गरिएको वडाध्यक्ष राईको भनाइ छ । “हामीले जीर्ण खानेपानी आयोजनाको पनि मर्मतसम्भार गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतका योजना धेरै पुराना भएकाले पानी वितरण समस्या छ । स्थानीयलाई सहज रुपमा पानी खाने वातावरण बनाउने संरक्षणका काम गरेको हौँ ।”

खोक्सिक सुक्खाग्रस्त क्षेत्र भएकाले खानेपानी, विद्युत् र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाले जनाएको छ । साथै, पुराना पानी ट्याङ्कीको मर्मत तथा नयाँ खानेपानी मुहानको खोजीलाई निरन्तरता दिइएको पनि वडा कार्यालयले जनाएको छ ।