४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आजदेखि कहाँ–कहाँ पर्दैछ ठूलाे पानी, विपद्को पूर्वतयारी के ?

आजदेखि कहाँ–कहाँ पर्दैछ ठूलाे पानी, विपद्को पूर्वतयारी के ?
अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यसबाट उत्पन्न हुनसक्ने प्राकृतिक प्रकोबाट नागरिकलाई जोगाउने पूर्वतयारीसमेत छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि बिहीबार उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको बैठक गरेको छ ।

प्राधिकरणले भर्चुअल बैठकको आयोजना गरेको हो । त्यसलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललले सम्भावित खतरालाई मध्यनजर राखेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिएका छन् । मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन उनले विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहने अधिकारीहरूलाई निर्देश गरेका हुन् ।

विपद्कै समयमा विगतमा भएका कमी कमजोरी, जनतालाई सेवा दिन नसेको र सुशासन कायम गर्न नसक्दा आम मानिसको असन्तुष्टि भड्किएको भन्दै उनले त्यस्तो कुनै पनि गल्ती नदोहर्‍याउन सचेत गराएका छन् । ‘जनस्तरमा विभिन्न खालका असन्तुष्टि कायम छ । देशको राजनीति जटिल मोडमा छ । शान्ति सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि काम गर्नुपर्ने बेला छ,’ उनले भनेका थिए ‘यस्तो बेलामा विपद्को संकेत पनि आएको छ । कुनै पनि कसर बाँकी नराखिकन आपसी समन्वय गरेर खटिनुहोला । यो जनतासँग जोडिने बेला पनि पनि हो ।’

जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । खासगरी कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यदेखि भारी वर्षाको सम्भावना देखिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले भारी वर्षाको सम्भावना रहेकाले त्यसैलाई मध्यनजर गरेर आवश्यक पूर्वतयारी र सतर्ककता अपनाउनका लागि बैठकको आयोजना गरिएको बताइन् । बैठकमा प्राधिकरणका अधिकारीहरू, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता थियो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक प्रतिकार्यका लागि तयारी रहन निर्देशन दिइएको छ । नेपाली सेनाका अधिकारीले राहत तथा उद्धार कार्यका लागि सेनाको ६ वटा हेलिकप्टरलाई तयारी हालतमा राखिएको बैठकमा जानकारी दिएका थिए । सेनाका तर्फबाट गरिने सम्पूर्ण तयारी र सतर्कता अपनाइएको उनले बताएका थिए ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले चाडबाडका बेला देखिएको सम्भावित विपद्को सामना गर्न तयार रहन प्रहरी अधिकारीहरुलाई जुम बैठकबाटै निर्देशन दिएका थिए । त्यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि सम्पूर्ण शक्तिका साथ सशस्त्र प्रहरी विपद्को सामना गर्न तयार रहेको बताएका थिए । बैठकमा गृह सचिव रामेश्वर दंगाल आवश्यकता हेरेर राजमार्गहरूमा रात्रिकालीन यातायात बन्द गर्न, ट्रेकिङ कार्य रोक्न तथा खतरा रहेका स्थानबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्नगरी काम गर्न जिल्ला विपद् व्यवस्थान समितिलाई निर्देश गरेका थिए ।

प्राधिकरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट आसपासका नदीहरुमा आकस्मिक बहावको सम्भावना देखाएको छ । त्यसका लागि सतर्कता अपनाउन र पूर्वतयारी र पूर्वकार्य गर्न प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार जिम्मेवार सबै निकायलाई क्रियाशील रहन बैठकमा आग्रह गरेका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसहित सुरक्षा निकाय, निजी क्षेत्र, संघ संस्था सबैसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने उनले भनेका थिए । बैठकले राष्ट्रिय आपत्कलीन कार्यसञ्चालन केन्द्र २४ घण्टा पूर्ण रूपमा क्रियाशील राख्ने, आपत्कालीन गोदाम घरहरू तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी हालतमा राख्ने निर्णय गरेको छ ।