२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु ; राष्ट्रसंघ



अ+ अ-

जेनेभा। सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

“हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले बताउनु भएको छ ।

गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ ।

सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखित भन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई बताउनु भएको छ ।

गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने“ खतरा रहेको उहाँले बताउनु भएको छ ।

न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ । “यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताउनु भएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् ।

गत मार्च देखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उहाँले बताउनु भएको छ ।

“सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने तुर्कले बताउनु भएको छ ।

तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय“ भएको उहाँले बताउनु भएको छ ।

हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ । “हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ “टर्कले भन्नु भयो । (रासस/एएफपी)