४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

असोज १७ देखि २० सम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमानः सतर्कता अपनाउन आग्रह

असोज १७ देखि २० सम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमानः सतर्कता अपनाउन आग्रह
अ+ अ-

काठमाडौँ । नेपालको मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । बंगालको खाडी र अरब सागरबाट अत्यधिक वर्षा गराउने जलवास्पयुक्त बादलहरू नेपाल प्रवेश गरिरहेकाले असोज १७ (शनिबार) देखि २० (सोमबार) सम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीबाट उत्तरतिर सर्दै आएको यो न्यून चापीय प्रणालीले भारतको बिहार, आसाम, मेघालय, र सिक्किममा भारी वर्षा गराउने प्रक्षेपण गरिएको छ, र यो प्रणाली भारतको बिहारमा थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गरी पश्चिमतिर फैलिने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बाढी, पहिरो, डुबान र आकस्मिक नदी बहावको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम अध्येता एवं जलवायुविद् डा. धर्मराज उप्रेतीले भारतको बिहारमा यो प्रणाली थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गर्ने र पश्चिमतिर फैलिने बताउनु भयो । आगामी शनिबार साँझदेखि सक्रिय हुने यो प्रणाली नेपालभर सोमबार बिहानसम्म रहने अनुमान छ। शनिबार साँझदेखि पूर्वी नेपालबाट मनसुन सक्रिय भएपछि आइतबार यो प्रणाली पश्चिमतिर सर्दै मधेश, बागमती, गण्डकी हुँदै लुम्बिनी प्रदेशको मध्यभागसम्म पुग्ने अनुमान छ ।

मौसम अध्येता एवं जलवायुविद डा. धर्मराज उप्रेतीले भन्नुभयो “सुरुमा पूर्वी क्षेत्रमा यसको ज्यादा असर पर्ने अनुमान गरिएकोमा अहिले अवस्था फेरिएर पूर्वीभागको अलि पश्चिम अर्थात् मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान भएको छ। त्यसमाथि पश्चिमी वायुको पनि प्रभाव हुने भएकाले नेपालभर नै पानी पर्न सक्ने सम्भावना छ ।”

यो वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अगावै जेठ १५ गतेदेखि प्रवेश गरेको थियो । बाहिरिने समयमा पनि यसको प्रभाव लम्बिएको छ ।

मौसम अध्येता एवं जलवायुविद डा। धर्मराज उप्रेतीले मनसूनको बाहिरिने बेलामा मनसून सक्रिय भएको छ, यसलाई सामान्य अवस्थाको रुपमा लिन नहुने बताउनुभयो । यसले धेरै क्षति गर्न सक्ने अनुमान गर्न सकिने बताउनु भयो । विश्वमा प्रचलित विभिन्न मोडेलले गरेको प्रक्षेपणका आधारमा गरिएको यो पूर्वानुमानलाई कसैले पनि नजरअन्दाज नगर्न आग्रह गर्नुभयो ।

मौसम अध्येता एवं जलवायुविद उप्रेतीले वर्षायामको अन्त्यतिर हाम्रो माटो पर्याप्त भिजिसकेको हुँदा सामान्य झरीले पनि जोखिम बढाउने बताउनु भयो । अहिले ६० मिलिमिटरभन्दा बढी पानी पर्दा पहिरोको जोखिम रहेको जलवायुविद डा। धर्मराज उप्रेतीको भनाइ छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताइसकेको छ ।

“बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ,” प्राधिकरणले जारि गरेको सूचनामा उल्लेख छ। यी क्षेत्रका नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह खतरा तह नजिक पुग्ने बताइएको छ ।

दशैंको भीडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई घरभन्दा टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । जलवायुविद् उप्रतीले शनिबार र आइतबार रातिको समयमा र निरन्तर वर्षा भइरहेको अवस्थामा लामो दूरीको यातायात रोक्नुपर्ने बताउनु भयो ।

यात्रामा निस्कनु अघि सरकारको आधिकारिक सूचनालाई ख्याल गर्न आग्रह गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले निकालेको सूचनालाई आधार मानेर ब्यबहार गर्न आग्रह गर्नुभयो । अघिल्लो वर्ष धेरैले पुर्वानुमानको सूचनालाई अटेर गर्दा ठुलो जनधनको क्षति भएको नबिर्सन जलवायुविद उप्रेतीले सचेत गराउनुभयो । आगामी शनिबार र आइतबार देशभर सतर्क हुनुपर्ने बताउनु भयो विशेष गरि रातो सूची र पहेंलो सूचीमा रहेका जिल्लामा सतर्कता अपनाउन आग्रह गर्नुभयो । रातो सूची र पहेंलो सूचीमा रहेका जिल्लाको स्थानीय सरकार र प्रशासनले नागरिकलाई धैर्य गर्न र सावधानी अपनाउन सूचना दिन आग्रह गर्नुभयो ।

यता प्राधिकरणले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन र यस्तो निर्णयको पालना गर्न निर्देशन दिएको छ । पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ ।