२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठ घाइते



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उहाँका चार वर्षीय छोरा कमल बोहरा,  बेदकोट–४ की ३० वर्षीया तारा पाल, उहाँका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् ।

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते हुनुभएको छ ।  दुर्घटनापछि चालक  फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।