४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ
अ+ अ-

ढोरपाटन । अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिनुभयो । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर आउनुभएको थियो ।

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १०० सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया हुनुहुन्थ्यो । मङ्गलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उहाँ हुनुहुन्थ्यो । तर बिक्री नहुँदा उहाँ निराश हुनुहुन्थ्यो । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उहाँ १५ वर्षदेखि यही पेसा गर्दै आउनुभएको हो । तर बागलुङमा भने उहाँको पहिलो यात्रा हो ।

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आउनुभएका रोकाया पहिले दाङतिर जाने गरेको बताउनुभयो । यसपाली पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ ।

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उहाँ बताउनुहुन्छ । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाउनभयो ।

“दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरु के गर्ने ?”, उहाँले भन्नुभयो, “डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?”

उहाँका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि हुनुहुन्थ्यो । दुई जनाले साझेदारीमा डेढरडेढ सय च्याङ्ग्रा लिएर आउनुभएको हो । दसैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताउनुभयो । डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उहाँले सुनाउनुभयो । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उहाँको भनाइ छ ।

यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार हरेको खत्री जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४० हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ । यो मूल्य अघिल्लो वर्षकोभन्दा रु चार हजारले कम भएको खत्रीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “च्याङ्ग्रा उत्पादन गर्न गाह्रो छ, बिक्री गर्न पनिख उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रो नै कति खर्च भएको हुन्छ, पोहोरसालको दसैँमा रु ४५र५० हजार भन्थे अहिले रु ३०र४० हजारमा पाउनुहुन्छ, गाउँमाभन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुनेहुँदा हामीहरुले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छौँ, ग्राहकजति खुसी हुनुहुन्छ, हामीहरुलाई त्यति नै सन्तुष्टि मिल्छ, बाँकी रहेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनुपर्ने भयो ।”

दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन् । मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालागायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारीहरु आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् ।रासस