४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो।

नेपालका आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। यस्तै, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भएको थियो।

त्यसैगरी कुशल भुर्तेलले २, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७ रन बनाएका थिए भने गुलशन झाले ६ र आदील आलमले ११ रन बनाएका थिए ।