४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दशैंको उमंग तर राजमार्गहरु जीर्ण हुँदा यात्रामा बाटैभरी सास्ती

दशैंको उमंग तर राजमार्गहरु जीर्ण हुँदा यात्रामा बाटैभरी सास्ती
अ+ अ-

काठमाडौं । अहिले देशैभर बडा दशैंको उमंग र उल्लास छ । अध्ययन, पेशा–व्यवसाय र कामको खोजी गर्न शहरबजारमा आएकाहरु दशैं मनाउन आफ्नै जन्मस्थल फर्किइरहेका छन् ।

बालबालिका, युवा, अधवैंसेदेखि ज्येष्ठ नागरिकसम्ममा दशैंको उत्साह देखिन्छ । स–साना पोकादेखि सुटकेससम्म बोकेकाहरु बसपार्कबाट गन्तव्यतर्फ गइरहेका छन् । तर जुन उत्साहका साथ उनीहरु शहरबजारबाट बिदा हुन्छन् बाटोमा उनीहरुले खेप्नुपर्ने सास्ती कम छैन ।

वर्षाका कारण देशभरका राजमार्गहरुमा पहिरो गएको छ । ठाउँठाउँमा सडक अबरुद्ध हुने गरेको छ । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने/बन्द हुने अवस्था छन् ।

विभिन्न राजमार्ग र सडक खण्डहरु अवरुद्ध हुँदा दशैंको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा हिंडेका र विभिन्न गन्तब्यमा पुग्न हिंडेका सर्वसाधारणले घन्टौं जाममा बिताउनु परेको छ ।

पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक तीन दिनपछि खुल्यो । तीन दिनसम्म यात्रुहरु सडकमै बस्न बाध्य भए ।

अत्यधिक वर्षाले विभिन्न खण्डमा सडक अवरुद्ध गरे पनि तुरुन्तै डोजरसहितको जनशक्ति परिचालन गरिएको सडक विभागले जनाएको छ । तर कहिलेकाहिँ ठूला ठूला पहिरो जाँदा हटाउन समय लाग्ने गर्छ । यो बेला यात्रुलाई सबैभन्दा बढी दु:ख हुन्छ ।

सडक मर्मत–सम्भार समयमा हुन सकेको छैन । निर्माणको ढिक्का दिएका सडकको अवस्था त झन् बिजोग छ । समयमा निर्माण सम्पन्न नहुँदा त्यसको मास यात्रुले भोग्नु परेको छ ।

सम्झौता गरेर पनि वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका ठेक्का सरकारले तोड्ने भएको छ ।सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोड्ने तयारी गरेका हुन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् ।

आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने जनाइएको छ ।

सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत ५० प्रतिशतभन्दा कम प्रगति रहेको र दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ ।

यस्तै, २०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम भएका दुई करोडभन्दा बढी सम्झौता अंक भएका, ४०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेका रु दुई करोडभन्दा बढी सम्झौता अंक भएका ठेक्कालाई रुग्ण मानिएको छ ।

वषौंसम्म रुग्ण आयोजनाको काम अघि बढ्न नसकेपछि ठेक्का तोड्न लागिएको हो । यो अवस्थामा यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने भएको छ । किनकी जुनसुकै बेला पनि सडक अवरुद्ध हुन सक्छ र लामो समयसम्म राजमार्गमै बस्नुपर्ने पनि हुन सक्छ । त्यही कारण यात्रा गर्न आफूलाई चाहिने अत्यावश्यक सामग्री सँगै लिएर बस्नु उचित हुने छ ।

यात्रा गर्दा टन्न खाना खाँदा शरीरले पचाउन सक्तैन । त्यसले कब्जियत, पेटको दुखाइ लगायतका विभिन्न समस्या उत्पन्न हुन्छन् । त्यसैले लामो यात्राकमा क्रममा थोरै मात्र खाना खानु उपयुक्त हुन्छ ।

यसैगरी पानी हाम्रो शरीरका लागि निकै आवश्यक छ । शरीरमा पानीको कमी भएमा डिहाइड्रेसनको समस्या हुन सक्छ । यसले गर्दा खुट्टा बाउँडिने, मुख सुक्ने, पिसाब रोकिने, शरीर गल्ने, बेहोस हुनेलगायतको समस्या उब्जन सक्छन् । यसबाट बच्न यात्रा गर्दा प्रशस्त पानी पिउनुपर्छ ।

यस्तै शरीरलाई जति खानाका आवश्यक हुन्छ, उति नै आरामको पनि जरुरत हुन्छ । त्यसैले यात्रापूर्व वा यात्राका क्रममा सकेसम्म शरीरलाई आराम दिनुपर्छ । यसले तपाई थकान महसुस हुन दिँदैन । र साथै यात्रा सकिएलगत्तै पनि शरीरमा स्फुर्ति कायम राख्छ ।

त्यति मात्र नभएर यात्राका क्रममा विभिन्न ठाउँमा आर्कषक तरिकाले तयार पारिएको खानेकुरा देखेर लोभिने गर्छौं । हेर्दै खाउँ खाउँ लाग्ने गरी विभिन्न रंगको प्रयोग गरी सजाएर राखिएको खानेकुरा देख्दा त्यस्तो खाना कसलाई पो मन नलाग्ला र ?

यात्राका बेला कहिलेकाहीँ हामी विचारै नगरी अनेक किसिमका खानेकुरा खाइरहेका हुन्छौं । त्यस्तो खाना शरीरका लागि नौलो हुन सक्छ, जसले गर्दा उक्त खानालाई शरीरले पचाउन सक्दैन । यसबाट बच्न यात्रा गर्दा आफुले दैनिक खाने साधारण खानामै ध्यान दिनु उपयुक्त हुन्छ ।

यसैगरी चिल्लो, पिरो तथा बोसोयुक्त खाना खानु हुँदैन । चिल्लो, पिरो खानेकुरा शरीरका लागि यसै पनि लाभदायक मानिँदैन । अझ यात्राका बेलामा त्यस्ता खानेकुरा बढी फाइदाजनक हुँदैनन् । यात्राका दौरान त्यस्ता खानालाई शरीरले सजिलै पचाउन सक्तैन । जसले गर्दा यात्राको दौरान हाम्रो शरीरमा विभिन्न समस्या आइपर्न सक्छ । यसबाट बच्न पनि सकेसम्म लामो दुरीको यात्रा गर्दा त्यस्ता खाना नखानु नै बेस हुन्छ ।