२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक र कन्टेनर आपसमा ठोक्किँदा एक जना घाइते



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा शनिबार बिहान ट्रक र कन्टेनर आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनतर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि एक व्यक्ति घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दुवै सवारीसाधन क्षतिग्रस्त भएका छन् भने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।