४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू

नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू
अ+ अ-

काठमाडौँ । सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताउनुभएको हो ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री गरी यात्रुहरुलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिनुभयो । हवाई टिकटको न्युनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरुलाई भनिएको प्राधिकरणको भनाई छ ।

सूचना अधिकारी भुलले भन्नुभयो,‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरुलाई बोलाएर कम्तिमा म्याक्सिमम फेयर नबेच्नु होला, त्यो भन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस भनेर भनेका छौं । त्यही अनुसार हाम्रो बुद्ध एयर अरु वायु सेवा कम्पनीहरुले काम गरिरहेको छ । सपोज अहिले बुद्ध एयरले धनघढीमा १२ हजार भन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरुले निन्टरनल्ली नै तयारी गर्नु भएको छ । वायु सेवा कम्पनीले नियम भित्र भएपनि उहाँहरुलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेवल तल्लो क्लासको टिकट उहाँहरुले बेचिराख्नु भएको छ । हो स्वभाविक रुपमा यात्रुहरुले एकैचोटी ट्राभल गर्दाखेरी डिमान्ड बढि भएर लोअर फेयरको टिकट भन्दा हाईएर फेयरको टिकट सोल्ड अलि बढी छ ।’

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।