२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



अ+ अ-

दैलेख। कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस