२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोली यूएई प्रस्थान



अ+ अ-

काठमाडौं। वेस्ट इन्डिजसँगको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बेलुकी यूएई प्रस्थान गरेको छ।

नेपाली टोली बेलुकी ७:२५ बजे फ्लाइ दुबईमार्फत प्रस्थान गरेको हो। त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका थिए।

यसअघि गत बिहीबार औपचारिक बिदाइ भए पनि भिसा प्रक्रियामा ढिलाइ भएपछि नेपाली टोली आज मात्र उडेको हो। खेलाडीहरूले आइतबार भिसा प्राप्त गरेका थिए।

सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ भने दोस्रो खेल २९ र तेस्रो खेल ३० मा हुने तालिका छ। यसपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यस सिरिजलाई नेपालले आगामी छनोटका लागि अन्तिम तयारीको रूपमा लिएको छ। अष्ट्रेलियामा खेलेको अनुभव बोकेर नेपालले वेस्ट इन्डिजविरुद्ध बलियो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।