२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र संघीयता बचाउन राजीनामा दिइनँः मुख्यमन्त्री सिंह



अ+ अ-

जनकपुर । मधेस प्रदेश सरकारले संविधान र संघीयताको रक्षा अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएको छ ।

संविधान दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायत नेताहरूले संविधानको कार्यान्वयन र संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे । जेन जी आन्दोलनपछि संविधान मिच्ने र संघीयता खारेज गर्ने चलखेल भएको भन्दै उनीहरुले यस्तो कार्य कदापी स्वीकार्य नहुने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जोगाउन सबै पक्ष उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेनेजी आन्दोलनको नाममा मुलुकको संरचना ध्वस्त पार्ने र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेन जी पुस्ताका मागहरुलाई सम्बोधन गर्दै मुलुकलाई आर्थिक र सामाजिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । भण्डारीले लामो संघर्षपछि बनेको संविधानलाई जनताको साझा दस्तावेज भन्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मौलिक हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संविधन निर्माणको क्रममा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरु योगदानलाई समेत सम्मान व्यक्त गर्न चाहान्छु । लामो संघर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्तावेजको रुपमा रहेको नेपालको संविधानलाई मानिएको छ । संविधानमा केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गरी तीन तहको शासन व्यवस्थाको परिकल्पना गरेको छ । यसले प्राकृतिक स्रोतसाधन, कृषि, वन लगायतको अधिकतम् सदुपयोग गरी उत्पादनमुखी जनशक्ति निर्माण गर्नुपर्ने बाटोमा स्थिति रहेको छ । संविधानमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लाई समेत नागरिकको मौलिक हकको रुपमा उल्लेख गरिएको छ ।’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयताको रक्षा गर्नकै लागि आफूले राजीनामा नदिएको स्पष्ट पार्नुभयो । उहाँले २३ भदौमा विकसित घटनाक्रमका कारण आफूले राजीनामा दिने घोषण गरेको भएपनि यस्तो परिस्थितिमा जिम्मेवारीबाट भाग्न नहुने बताउनु भयो । आन्दोलनपश्चात सामाजिक सञ्जालमार्फत राजीनामाको संकेत दिएपनि संघीयता र संविधानको रक्षाकै लागि आफूले राजीनामा नदिएको बताउनु भयो । उहाँले जेन जी आन्दोलनको नाममा मुलुकको ऐतिहासिक संरचना ध्वस्त पार्ने तथा लुटपाटमा संलग्नहरुलाई खोजेर कानूनी दायरामा ल्याउनु आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले भदौ २३ गतेको आन्दोलन पश्चात आफ्नो ज्यानभन्दा ठूलो यो पद होइन भन्दै राजीनामा दिने भनेर फेसबुकमा लेखेको थिएँ । सार्वजनिक सम्पती मेरो नाउको सम्पती होइन । सबै कुराको सुरक्षाको लागि त्यो दिन मैले राजीनामा दिन्छु भनेर फेसबुकमा पोस्ट हालेँ । अहिलेको परिस्थितिमा राष्ट्रपतिज्यूले राजीनामा नदिएकै कारण यो संविधान बचेको छ । अहिले हामीले जिम्ेमवारीबाट भाग्ने होइन यो मिलेर यो संविधानको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।  संघीयता र संविधानको रक्षकै लागि मैले राजीनामा नदिएको हो ।’

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जनतामा रहेको असन्तुष्टि संविधानमै टेकेर सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संविधान उल्ट्याउने प्रवृत्ति स्वीकार्य नहुने बताउनु भयो । उहाँले असन्तुष्टिहरू समाधान गर्न विद्यमान संविधान परिमार्जनमार्फत जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘एकपटक संविधान निर्माण भएपछि संशोधनमार्फत त्यसलाई परिमार्जन गर्ने काम गरिन्छ । र आज देशमा संविधान नै उल्ट्याउने र देशलाई संकटको भुमरिमा धकेल्ने प्रवृत्ति सक्रिय भएको छ । मुलुकमा सिर्जित परिस्थितिको विद्यमान संविधानकै अधिन रहेर निकास दिनुपर्छ । ’

शुक्रवार मधेस प्रदेशसहित देशभर संविधान दिवस मनाइँदैछ ।




भर्खरै