काठमाडौं । वेष्ट इन्डिजविरुद्धको ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।
नेपाली टिममा अलराउन्डर मोहम्मद आदील आलमको पनि पुनरागमन भएको छ । यसअघि टी–२० प्रतियोगितामा ‘स्पट फिक्सिङ’ मुद्दामा मुछिएपछि आदील राष्ट्रिय टिमबाट बाहिर थिए ।
नेपालले यूएईको शारजाह क्रिकेट रंगशालामा तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेल, सेप्टेम्बर २९ मा दोस्रो खेल रसेप्टेम्बर ३० मा अन्तिम खेल खेल्नेछ ।
क्यानले यी दुई टिमबीचको शृंखलालाई ‘युनिटी कप’ नाम दिएको छ ।










