२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित छु’



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले भदौ २३ को जनप्रतिरोधमा सहभागी युवापुस्ताप्रति भावुक अपिल जारी गरेका हुन् ।

उनले आन्दोलनमा शहादत प्राप्तहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, युवाहरूले देशको नयाँ इतिहास लेख्न थालेकोमा गर्व व्यक्त गरेका छन् ।

भट्टराईले आन्दोलनलाई लक्षित रूपमा अघि बढाउन, शान्तिपूर्ण स्वरूपमा दृढ रहन, गलत तत्वहरूको घुसपैठ रोक्न, र संविधानका मूल स्तम्भहरू (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र)मा आघात नपुर्याउन चेतावनी दिएका छन् ।

उनले इतिहास दोहोरिन नदिन विगतका गल्तीबाट सिक्न र विवेकपूर्ण नेतृत्वका साथ अघि बढ्न आग्रह गरेका छन् । साथै, सम्पूर्ण युवाहरूप्रति उनले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।