२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित छु’



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले भदौ २३ को जनप्रतिरोधमा सहभागी युवापुस्ताप्रति भावुक अपिल जारी गरेका हुन् ।

उनले आन्दोलनमा शहादत प्राप्तहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, युवाहरूले देशको नयाँ इतिहास लेख्न थालेकोमा गर्व व्यक्त गरेका छन् ।

भट्टराईले आन्दोलनलाई लक्षित रूपमा अघि बढाउन, शान्तिपूर्ण स्वरूपमा दृढ रहन, गलत तत्वहरूको घुसपैठ रोक्न, र संविधानका मूल स्तम्भहरू (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र)मा आघात नपुर्याउन चेतावनी दिएका छन् ।

उनले इतिहास दोहोरिन नदिन विगतका गल्तीबाट सिक्न र विवेकपूर्ण नेतृत्वका साथ अघि बढ्न आग्रह गरेका छन् । साथै, सम्पूर्ण युवाहरूप्रति उनले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।