१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भयो । उहाँले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले उहाँले पार्टीका नेताहरुका डीपफेक भ्वाइस रेकर्डहरु प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराउनु भयो । उहाँले संवैधानिक आयोगहरू दलगत प्रभावमा परेर निष्क्रिय पारेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं । हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन । अझ सत्तापक्षका सांसदहरुले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ । कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरु लाइरहनु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि र हाम्रा बहसहरु सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ । म यो शैली र चरित्रको निन्दा गर्न चाहान्छु । यो शैलीले लोकतन्त्र बलियो बन्दैन । आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको छ । त्यसकारण लोकतन्त्र माथि उठ्न सकेको छैन ।  जनताले हिसाब राखेका छन् । २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ । ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु २०८४ पछि उठेर काम गर्न थाल्छन् ।’

२०८४ मा जनताले लोकतन्त्र सक्रिय बनाउनको लागि आवश्यक निर्णय गर्ने उहाँको जिकिर छ ।