७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

शरीर बन्धक गर्ने कार्यमा संलग्नलाई तीन दिन म्याद थप

शरीर बन्धक गर्ने कार्यमा संलग्नलाई तीन दिन म्याद थप
अ+ अ-

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेका तीन जनालाई अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको म्याद थपको अनुमति दिएको छ ।

पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४१ वर्षीय विराजसिंह लवट खत्री, सोही ठाउँका ४४ वर्षीय राजलवट खत्री तथा तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने ३९ वर्षीय सन्तोष महर्जन रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबार दिउँसो काठमाडौँ तारकेश्वर नगरपालिका–१ स्थित एकघरमा अपरिचित मानिस प्रवेश गरी एक व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट मोबाइल अफ गरी राखी राखेका अवस्थामा फेला पारी निज व्यक्तिको उद्धार गरी सो कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।” उनीहरूको आज तीन दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।

गाँजासहित भारतीय पक्राउ

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारतीय नागरिक ४० वर्षीय मत्र पथ्रत अली अकबर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्ष विनोद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका निजलाई जाँच गर्ने क्रममा निजको लगेजबाट करिब एक किलो ७८० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो ।”

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले निज पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।रासस