२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरा खेल्दै परराष्ट्रमन्त्री डा राणा (फोटो फिचर)



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज गौरा पर्वका अवसरमा काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नो निवासमा खेलेकी छिन् । शनिबार भित्र्याएको गौराको आज समापन पूजासँगै गौरा नाचिएको हो । देउवा निवासमा आज जम्मा भएका सुदूरपश्चिमका महिलाहरुसँगै उनी पनि सो नाचमा सहभागी भएकी हुन् ।

यसअघिका बर्षहरुमा गौरा पुजनका लागि धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौँमै गौरा भित्र्याइएको देउवा परिवारले जनाएको छ ।

सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक पर्व गौरा पूजाको प्रसाद ग्रहण गर्न सुदूरपश्चिम प्रदेशका नागरिकहरु आज बुढानीलकण्ठस्थित देउवा निवासमा जम्मा भएका थिए ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरु निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् ।