९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

तत्काल ऐन संशोधन गरी संरक्षित क्षेत्र र आरक्षण निकुञ्जमा जलविद्युत निर्माण गर्न सहयोग गरौँः सांसद बलायर

तत्काल ऐन संशोधन गरी संरक्षित क्षेत्र र आरक्षण निकुञ्जमा जलविद्युत निर्माण गर्न सहयोग गरौँः सांसद बलायर
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले तत्काल केही नेपाल ऐन संशोधन गरेर संरक्षित क्षेत्र र आरक्षण निकुञ्जमा जलविद्युत आयोजना निर्माण गर्न दिनुपर्ने बताउनुभएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ऐनलाई संसोधन गरेर मार्ग प्रसस्त नगरेसम्म उर्जाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउँछौ भनेर नारा लगाउनुको कुनै अर्थ नरहेको बताउनु भयो । उर्जाको विकास हुन सकेन भने मुलुक आत्मनिर्भर नहुने उहाँको भनाई छ । अपि हिमालदेखि कञ्चनजङ्गासम्म संरक्षित क्षेत्र र आरक्षण निकुञ्ज रहेको उल्लेख गर्नुहुँदै उहाँले जलविद्युत आयोजनाको स्रोत पनि तिनै क्षेत्र रहेको बताउनु भयो । ७५ प्रतिशत भन्दा बढी जलविद्युत आयोजनाका मुख्य स्रोत नै संरक्षित क्षेत्र र आरक्षण निकुञ्ज रहेको उहाँलको भनाई छ ।

उहाँले वन मन्त्रालयले ईआईए गर्न दिने, उर्जा मन्त्रालयले लाईसेन्स दिने, आयोजना निर्माण गर्न शुरु गरिसकेपछि अनि बीचमा रोक्ने काम उपयुक्त नभएको उहाँले बताउनु भयो । सर्वोच्चको फैसलाले संवेदनशील क्षेत्र घोषणा गर्न सकिने भनेको तर तर नेपाल सरकारले अहिलेसम्म संवेदनशील क्षेत्रको बारेमा तय गर्न नसकेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले घोषणा नगर्दै संवेदनशीलतालाई अरुले उभ्याईदिनु उचित नहुने उहाँको भनाई थियो । उहाँले यसअघि पनि परियोजना बनिसकेर ट्रान्समिसन लाईन निकाल्ने बेलामा समस्या परेको विषय आएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तुरुन्तै केही नेपाल ऐनलाई संसोधन गरेर मार्गप्रशस्त नगरेसम्म हामी उर्जाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउँछौ भनेर खाली नारा लगाउनुको कुनै अर्थ छैन । उर्जाको विकास हुन सकेन भने वास्तवमा मुलुकले चाँही आत्र्मनिर्भरता अथवा यसले उन्नती चाँही दिन सक्छ जस्तो लाग्दैन । अपि हिमालदेखि कञ्चनजङ्गासम्म संरक्षित क्षेत्र र आरक्षण निकुञ्ज नभएको कुनै ठाउँ नै छैन । र हाईड्रोपावर निकाल्नको लागी अथवा विकास गर्नको लागी हामो स्रोत पनि त्यही हो । आज जति परियोजनाहरु रजिस्टर भएका छन् । त्यसको चाहीँ लगभग लगभग ७५ प्रतिशत चाँही त्यही क्षेत्रमा चाहीँ दर्ता भएका छन् । हामीले एकातिर चाहीँ वनले पनि ल ठिकै छ नि तिमिले इआईए गरी जाउँ भन्ने । उर्जा मन्त्रालयले लाईसेन्स पनि दिने । हामीले लगानीको प्रत्याभुति गरेर चाहीँ फाईनान्सियल क्लोजअप पनि गर्ने, विकास प्रवद्धक र निर्माण व्यवसायी पनि जाने अनि बीचबीचमा ट्याक्क ट्याक्क मिलाएर चाँही यो भएन यो भएन भनेर भन्न कति सम्म उचित हुन्छ ? कानुसम्बत् रुपमा त अब भनिएको छ कि संवेदनशील क्षेत्र घोषणा गर्न सकिनेछ, भनेको छ सर्वोच्चको फैसलाले । तर नेपाल सरकारले अहिलेसम्म संवेदनशील क्षेत्रको बारेमा तय गर्न सकेको छैन । त्यसैले सरकारले घोषणा नगर्दै संवेदनशीलतालाई हामीले उभ्याईदिउँ भने त्यो राम्रो हुँदैन । यो भन्दा पहिला पनि लाजमर्दो कुरा के आयो भने परियोजना बनिसक्यो अनि ट्रान्समिसन लाईन निकाल्नको लागी धौधौ प¥यो । अब यो हो भने त हामीले परियोजनालाई समयमा नै सम्पन्न गर्न सकेनौँ भने त्यसको लागत बढेर जान्छ ।’ 

उहाँले विभिन्न बाहानामा अड्काएर परियोजनालाई समयमा नै सम्पन्न गर्न नदिँदा त्यसको लागत बढेर जाने बताउनु भयो । यसले निजी क्षेत्रको लगानीमा हतोत्साही गर्ने उहाँको भनाई छ ।