५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ को उम्मेदवार घोषणा गर्नुअघि प्रारम्भिक उम्मेदवारहरुलाई रास्वपाको डिनर (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ को चुनावमा आफ्नो उम्मेदवार घोषणा गर्नुअघि प्रारम्भिक उम्मेदवारलाई डिनर गराएको छ ।

पार्टी कार्यालयमा आज साँझ रास्वपाले प्रारम्भिक ९ जना उम्मेदवारलाई डिनर गराएको हो ।

रास्वपाले भोलि आइतबार उम्मेदवारको टुंगो लगाउने छ । त्यसअघि प्रारम्भिक ९ जना उम्मेदवारसँगै कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्य डिनरमा सहभागी भए ।

रास्वपाले उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचन गरिसकेको छ । त्यसको परिणामसहित आधिकारिक उम्मेदवारको घोषणा भोलि हुने छ ।

रास्वपाले रुपन्देही–३ का लागि भोलि आधिकारिक उम्मेदवार घोषणा गरे उम्मेदवार तोक्ने पहिलो दल बन्ने छ ।