२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।

जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उहाँको भनाइ छ । उहाँले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाउनु भयो । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको बताउनु भयो । उहाँले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरु बन्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम  गरेकै छैन भन्नेकुरा बिर्सिएर काँग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार । मैले त खुलेआम भनेको छु नि । सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो । अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो । यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु । अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने । किन बन्न सकेन भन्नेकुरामा ध्यान जान जरुरी छ । लास्टमा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बच्दैन, बच्दैन । धेरै ठूलो अफ्ठ्यारोमा जान्छ ।’

उहाँले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।