१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगकोमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने कामगरेको गरेको टिप्पणी गर्नुभएको छ ।

काष्ठमण्डप संवादसमापन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले मुलुकभित्र राष्ट्रियसहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गर्नुभएको हो । कुनैपनि अन्तरराष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताहरु सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिनुभयो । उहाँले एमसीसी सहयोग परियोजना संघीय संसदबाट लज्जाजनकविषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताउनु भयो । खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएकोउल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रुपमा लिननहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता (एमसीसी) सन्धि सम्झौता गर्दामुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित गरेर मात्र गर्नुपर्छ  । यस्ता सन्धि तथा सम्झौता गर्दा संसदलाईपूर्व जानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गरिनुपर्छ । अहिलेसम्म गरिएकाकयौं सहमति तथा सम्झौताहरुले आफ्नै मुलुकलाई विभाजित गर्ने काम मात्र गरेको छ । एमसीसीले पनि मुलुकलाई विभाजित गरेको छ । यस्ता सम्झौता गर्दा राष्ट्रिय सहमतिअनिवार्य सर्त हुनुपर्छ । सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्न दिनु हुदैन । यहाँ तएकदुई व्यक्तिहरुको लहड, उनीहरुका निजी स्वार्थ, गुट स्वार्थ, पारिवारिक स्वार्थ आदिआधारमा समेत यस्ता सम्झौताहरु हुने गरेका छन् । हामीले यो सिंगो परिपाटीलाई नैबदल्नुपर्ने आवश्यकता छ । यसपटक एमसीसीलाई बिना गृहकार्य, यथोचित छलफल र सहमति जुनढंगले अनुमोदन गरियो यसलाई अन्य देश वा संस्थाहरुको हकमा पनि लागु गर्न सकिनेनजिरका रुपमा लिनु हुदैन । यस्तो हुँदा भोलि कुनैपनि देशले हामीसँग गरेकोसम्झौता पनि अनुमोदन गर भनेर माग गर्न सक्छ ।’

एमसीसी जस्ता सम्झौताहरु मुलुकको घातक हुने उल्लेख गर्दै उहाँले यस्ता सम्झौता हुनबाट मुलुकलाईहर ढंगले जोगाउनुपर्ने तर्क गर्नुभयो ।  संवादका निष्कर्ष सार्वजनिक गर्दै उहाँले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरु दबाब र धम्कीमा नभई बराबरीकाआधार गर्नुपर्ने बताउनु भयो । उहाँले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्नेतथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताउनु भयो । पूर्व प्रधानमन्त्रीले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले एमसीसी परियोेजना अमेरिकीसुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिनुभयो । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामास्पष्टता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै