४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चित्रकला र पुस्तकालय एकापसमा परिपूरकः मन्त्री पन्त

चित्रकला र पुस्तकालय एकापसमा परिपूरकः मन्त्री पन्त
अ+ अ-

काठमाडौँ। अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालय एकापसमा परिपूरक रहेको बताउनुभयो । चित्रकारलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उहाँले यसले चित्र अझै सरल र मजबुतका साथ प्रस्फुटन हुने बताउनुभयो । मन्त्री पन्तले कला, सिर्जना र पुस्तकले नेपालको संस्कृति, परम्परा, सभ्यता तथा समसामयिक विषयलाई समेट्ने औँल्याउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुआत चित्रबाट नै हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालका प्रमुख यादवचन्द्र निरौला, शिक्षा, सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डे, नेपाल पुस्तकालय सङ्घका महासचिव संजीव चौधरीलगायत उपस्थिति हुनुहुन्थ्यो ।

कार्यशालामा रवीन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिंह गोलेलगायत कलाकारको सहभागिता थियो । उहाँहरुले कार्यक्रमकै बीच प्रत्यक्ष कला सिर्जना गरेर देखाउनुभएको थियो ।रासस