६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडीआईमा अस्ट्रेलियाको दोस्रो ठूलो जित, तेस्रो खेलमा दक्षिण अफ्रिकालाई २७६ रनले हरायो



अ+ अ-

काठमाडौँ । तेस्रो एकदिवसीयमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनले पराजित गर्‍यो । यद्यपि, दक्षिण शृङ्खला भने अफ्रिकाले २–१ ले जित्यो ।

यो एकदिवसीय इतिहासमा रनको अन्तरले अष्ट्रेलियाको दोस्रो उच्च जित हो । टोलीको सबैभन्दा ठूलो जित ३०९ रनको रहेको छ, जुन २०२३ मा नेदरल्याण्ड्सविरुद्ध दर्ता गरिएको थियो ।

आइतबार म्याकेमा खेलिएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउँदै ४३१ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाको टोली १५५ रनमा अलआउट भयो ।

अस्ट्रेलियाले १० वर्षपछि एकदिवसीयमा ४०० भन्दा बढी रन बनाएको छ । यसअघि ४ मार्च २०१५ मा पर्थमा टोलिले अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

ओपनरहरू बीच २५० रनको साझेदारी
अस्ट्रेलियाका तीन खेलाडीले शतक बनाए । ओपनर ट्राभिस हेड र कप्तान मिचेल मार्शले २०५ बलमा २५० रनको साझेदारी गरे । यो साझेदारी केशव महाराजले तोडे । अस्ट्रेलियाले आफ्नो पहिलो विकेट ट्राभिस हेडको रूपमा गुमायो, जो १०३ बलमा १४२ रन बनाएर आउट भए ।

मिचेल मार्श १०६ बलमा १०० रन बनाएर पभेलियन फर्किए । यसपछि क्यामरुन ग्रिन ११८ रनको इनिङ खेल्दै अविजित फर्किए । एलेक्स केरीले ३७ बलमा अविजित ५० रन बनाए ।

दक्षिण अफ्रिकाका लागि, डेवाल्ड ब्रेभिस र टोनी डे जर्जि बाहेक, अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । ब्रेभिसले २८ बलमा ४९ रन बनाए । डे जर्जि ले ३० बलमा ३३ रनको इनिङ खेले ।

कप्तान टेम्बा बभुमाले १९ रन, कोर्बिन बोशले १७ र रायन रिकेलटनले ११ रन जोडे । अष्ट्रेलियाका लागि कुपर कोनोलीले ५ विकेट लिए । जेभियर बार्टलेट र शन एबोटले २–२ विकेट लिए भने एडम जाम्पाले १ विकेट लिए ।